३० असार २०८२, सोमबार | Tue Jul 15 2025


स्टान्डर्ड चाटर्ड बैंकद्वारा एक करोड १६ लाख सहयोग


0
Shares

काठमाडौं, जेठ ५ । स्टान्डर्ड चाटर्ड बैंकले सरकार स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण, उपचार तथा राहत कोषमा एक करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोष दस्तीदर र ब्रान्ड मार्केटिङका प्रमुख प्रनु सिंहले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रकम हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दस्तीदरले कोरोनाको महामारी नियन्त्रणका लागि उक्त रकमले सहयोग गर्ने बताए ।

स्टान्डर्ड चाटर्ड ग्रुपले यसअघि नै कोरोनाभाइरसविरुद्ध लड्नका लागि छ अर्ब बढीको विश्वव्यापी राहत कोषको घोषणासमेत गरेको छ ।