२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


‘न्याय सम्पादनका लागि संहिता महत्वपूर्ण’


0
Shares

महोत्तरी, भदौ १ । महोत्तरी जिल्ला अदालतले शुक्रबारदेखि देशैभर मुलुकी ऐन खारेज भइ देवानी संहिता र फौजदारी संहिता प्रारम्भ भएको जानकारी गराएको छ ।

जिल्ला अदालत महोत्तरीले आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले नेपाली समाजलाई व्यवस्थित गराउन १६५ वर्षअगाडि लागू भएको मुलुकी ऐनलाई प्रतिस्थापित गर्दै देवानी संहिता र फौजदारी संहिता लागू गरिएको बताए ।

उनले उचित न्याय सम्पादनका लागि यो संहिता महत्वपूर्ण हुने दाबीसमेत गरे ।