३० असार २०८२, सोमबार | Mon Jul 14 2025


बर्लिनविरुद्ध वायर्न म्युनिख विजयी, वायर्न ४ अंकसहित शीर्ष स्थानमा


0
Shares

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ ।

कोरोना भाइरसको महामारीबीच सुचारु भएको खेलमा वायर्नले युनियन बर्लिनलाई २–० गोल अन्तरले हराएको हो ।

बर्लिनको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक एक गोलको योगदान गरे ।

तुलनात्मक कमजोर जित बर्लिनविरुद्ध वायर्नले १८ औं मिनेटमा गोल गरेको थियो । तर, थोमस मुलरको गोललाई रेफ्रीले भीएआरको सहायताले अफसाइड दिएका थिए ।

त्यसपछि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए ।

पहिलो हाफमा झिनो अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २–० को जित दिलाए ।

जितसँगै वायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ ।

पराजित बर्लिन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ । लिग अन्तर्गत अर्को खेलमा मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।