२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लकडाउन जेठ २० सम्म लम्ब्याइयो, १५ दिन थप्ने मन्त्रिपरिषदको निर्णय


0
Shares

काठमाडौं, जेठ ४ । सरकारले जेठ २० गतेसम्म लकडाउन अर्थात् बन्दाबन्दी थप्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म जारी बन्दाबनदीलाई अरु १५ दिन थपेर २० गतेसम्म लम्ब्याएको हो ।

लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरिएको हो ।

बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

चैत ११ गतेदेखि लगातार जारी लकडाउनो पटक पटक समय थपेर जेठ ५ सम्म बनाइएको थियो । लकडाउन कडा बनाउने निर्णय पनि बैठकको छ ।