३० असार २०८२, सोमबार | Tue Jul 15 2025


चीनद्धारा खाद्य तथा स्वास्थ्य सामाग्री प्रदान


0
Shares

रसुवा, जेठ ४ । चीनको जिलोङ काउन्टी प्रशासनले जिल्ला विपद व्यवस्थापन समिति रसुवालार्ई खाद्यान्य समाग्री सहित थप स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

आइतबार सिमा नाका रसुवागढीमा चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गतको जिलोङ काउन्टी प्रशासनल खाद्यान्य समाग्री सहित थप चार प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी गराए ।

जसमा अन्र्तगत एघार सय बोरा चामल र मैदा एघार सय बोरा लगाएत खाध्यान्न र तीस हजार मेडिकल मास्क, पन्ध्र सय थान एन नाईन्टी फाईभ मास्क, पीपीई एघार सय वटा तथा थर्मामिटर एक सय दश थान रहेको छ ।