१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


कोरोना भाइरस संक्रमणबाट दोस्रो ब्यक्तिको मृत्यु, मृत्यु हुनेमा बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका युवक


0
Shares

काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । 

नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी बताए ।

नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।

ति युवकलाई राती तीन बजेतिर वान्ता भएको थियो । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् । 

उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।