नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग


117
Shares

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ ।

विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले प्रतियोगिताको मिति सार्न माग गरेको हो ।

पोखरामा आज पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दसैं तिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मितिसार्न आग्रह गरिएको बताउनुभयो ।

संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ ।