 
	    काठमाडौं । एकै पटक विद्युत प्राधिकरणका तीन ठूला सवस्टेशन सञ्चालनमा आएका छन् ।
एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।
प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् ।
उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्ने जनाइएको छ ।
प्राधिकरणले एकै दिन २ सय २० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको हो । प्राधिकरणले निर्माण सम्पन्न सुनसरीको इनरुवा, संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २ सय २० केभी सबस्टेशनमा हिजोबाट विद्युत प्रवाह गरी सञ्चालनमा ल्याएको छ ।
तुम्लिङटारमा २६० एमभिए र बानेश्वर सवस्टेशनमा ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् । यस्तै, कोशी करिडर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २ सय २० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्