
काठमाडौं । नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।
शुक्रबार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनुभयो । अध्यक्ष नेपालले अझैपनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताउनुभयो । उहाँले राजनीतिमा धेरै चुनौतिको सामना गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताउनुभयो । उहाँले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्