धुलिखेल नगरपालिका ‘क्षयरोगमुक्तनगर’ अभियान « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


धुलिखेल नगरपालिका ‘क्षयरोगमुक्तनगर’ अभियान


533
Shares

काभ्रे । स्वस्थ शहर, धुलिखेल नगर कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकालाई क्षयरोगमुक्तनगर बनाउने अभियान जारी छ ।

गत वर्षको फागुनबाट नगरबासीको स्वास्थ्य सम्बन्धी प्रोफाइल नै तयार गरी कार्यक्रम सुरु गरिएको हो ।

अहिलेसम्म धुलिखेलमा ३५ जनामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी वडा नम्बर ५ मा १२ जना क्षयरोगका बिरामी भेटिएका छन् भने वडा नम्बर १ र ११ मा एक जना पनि संक्रमित भेटिएका छैनन् ।

नगरपालिकाको तथ्यांक अनुसार गाउँमा भन्दा शहरमा संक्रमण धेरै देखिएको छ । क्षयरोग स्वासप्रस्वासको माध्यमबाट लाग्ने संक्रामक रोग हो । नगरपालिकाले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीमा क्षयरोग भए/नभएको जाँच गर्ने गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाइका अनु्सार जिल्लामा २ सय ५९ जना क्षयरोगी छन् । सबैभन्दा बढी १५ देखि ३५ वर्ष उमेर समुहमा क्षयरोग देखिएको छ ।

यस्तै, पछिल्लो ४ वर्षमा जिल्लामा क्षयरोगका कारण ९ जनाले ज्यान गुमाएका छन् । नेपालमा प्रत्येक दिन ४४ जना बिरामीको मृत्यु क्षयरोगकै कारण हुने तथ्यांकले देखाएको छ । यस्तै, कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित रहेको अनुमान गरिएको छ ।