Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


पेट्रोलियम पदार्थको मूल्य यथावत्


0
Shares

काठमाडौं, जेठ ३ । नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ ।

पछिल्लोपटक भारतीय आयल कर्पोरेसन (आइओसी)बाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ५६ पैसा बढेर आएको भएपनि ‘कोभिड–१९’ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलमा प्रतिलिटर २८ पैसा घटेर आएको छ ।

आइओसीले हरेक १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै सरकारले झन्डै ५५ दिनदेखि ‘लकडाउन’ गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ । रासस