३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


मकवानपुर प्रवेश निषेध गरिएपछि दर्जनौं मालवहाक सवारी पथलैयामा अलपत्र


0
Shares

बारा, जेठ ३ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर–२ बाट भित्रने सवारी–साधनमा प्रतिबन्ध लगाएपछि दर्जनौं सवारी–साधन बाराको पथलैयामा अलपत्र परेका छन् ।

प्रदेश नम्बर–१ र २ बाट सामान ‘लोड’ गरी देशका विभिन्न भागमा जाँदै गरेका मालवाहक सवारीलाई ‘माथिको निर्देशन’ भन्दै ट्राफिक प्रहरीले पथलैयामा रोक लगाएको छ ।

सिमेन्ट, छड, इँटाजस्ता निर्माण सामग्री र अन्य प्रकृतिका कृषिजन्य उत्पादन बोकी आएका मालवाहक ट्रकहरु बराको पथलैया ‘चेक प्वाइन्ट’मा रोकिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले जानकारी दिए ।