
फाइल तस्बिर
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो ।
३ हजार ९१ जनाको पीसीआर र २ हजार ९ सय ११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार १ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्