Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


शंकास्पद व्यक्ति चढेपछि मुम्बई उड्न लागेको जहाज रोकियो


1.8k
Shares

nepal airlines

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ ।

बुधबार शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि मुम्बई जान लागेको नेपाल एयरलायन्सको जहाजलाई प्रहरीले रोकेको हो ।

विशेष सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको जहाज रोकेर प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको विमानस्थल स्रोतले जनाएको छ ।

आर ए २०१ फ्लाइट नम्बरको जहाज मुम्बईकाल लागि उड्न लागेको थियो ।