Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


खाली जमिनमा जथाभावी खनजोत रोक्न प्रदेश सरकारको निर्देशन


0
Shares

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाभित्रको खाली जमिनमा प्रदेश सरकारले जथाभावी खनजोत गरेको भन्दै सो कार्य रोक्न आग्रह गरेको छ ।

श्रम दिवसको अवसर पारेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक मामिला तथा कानून मन्त्रालयदेखि दक्षिणतर्फको संरक्षित जमिनमा मकै रोपेपछि नगरपालिकाले उक्त कार्य रोक्न आग्रह गरेको हो ।

प्रत्येक महिनाको १ र १५ गते प्रदेश सरकारले मुख्यमन्त्रीको उपस्थितिमा श्रम दिवस मनाउने कार्यकै निरन्तरता स्वरुप बिहीबार संरक्षित जग्गामा मकै रोपिएको थियो ।

कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न भन्दै नगरपालिकाभित्रको जग्गा जोतेर प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको सन्देश दिएको थियो ।

नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीका अुनसार अहिले नगरपालिकाले गुरुयोजनालाई विस्तार गर्दै व्यवस्थित गर्न खोजेको र आवास, कृषि, सडक, कार्यालय सबैका निम्ति जमिन अलग अलग तोकिएकोले त्यो संरक्षित जमिनमा खनजोत नगर्न भनिएको हो ।