नवलपरासीमा निर्वाचन खर्च विवरण बुझाउन प्रमुख-उपप्रमुखले नै गरे अटेरी « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


नवलपरासीमा निर्वाचन खर्च विवरण बुझाउन प्रमुख-उपप्रमुखले नै गरे अटेरी


286
Shares

नवलपरासी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवलपरासीका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरुले नै निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् ।

जिल्लाका कुनै पनि गाउँपालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण समयमा बुझाएका छैनन् । स्थानीय तह निर्वाचनको अन्तिम नजिता प्रकाशन भएको एक महिनाभित्र उम्मेदवारी दिने सबैले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय मार्फत आयोगमा पठाउनु पर्ने कानूनी प्रावधान रहेकाे छ ।

तर उक्त समयमा जिल्लाका मुख्य जनप्रतिनिधिहरुले नै विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले बताउनुभयो । तोकिएको समय भन्दा पछि खर्च विवरण बुझाउनेमा तीन पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष रहेका छन् ।

तोकिएको समय भन्दापछि बुझाउनुको कुनै अर्थ नरहने निर्वाचन कार्यालयले जनाएको छ । नवलपरासीका स्थानीय तहकाे निर्वाचनको अन्तिम नतिजा गत जेठ ६ गते आएको थियाे । गत असार ६ गतेभित्र खर्च विवरण बुझाउनु पर्ने भएपनि १२ जनाबाहेक कसैले पनि समयमा विवरण बुझाएका छैनन् ।