प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण


52
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । सोमबार पीसीआर जाँच गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनाको सोमबार पीसीआर परीक्षण गरिँदा मुख्यमन्त्री राईसहित उहाँकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा कोरोना संक्रमित देखिएको हो ।

पोखरेलका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।