सुर्खेत, जेठ २ । भारतले रेलसेवा सुरु गरेपछि कर्णाली प्रदेशमा हुने जोखिम र व्यवस्थापनबारे छलफल गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको छ ।
शुक्रबार सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य निकायका प्रमुखहरूको संयुक्त बैठक बसेको हो ।
बैठकले नाकासम्म आइपुगेका कर्णालीबासीको संख्या संकलन गरी सुरक्षितरुपमा भित्र्याउने निर्णय गरेको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
उनीहरुको उद्धार नगर्दा अवैध मार्गबाट भित्रने डरले प्रदेश सरकारले शुक्रबारै उनीहरुको ‘आरडीटी’ परीक्षण गरी सम्बन्धित स्थानीय तहको ‘क्वारेन्टाइन’मा पठाउने तयारी थालेको छ ।
भारतले रेलसेवा सञ्चालन गर्दा कामका लागि भारत गएका करिब १४ हजार देखि २४ हजारसम्म कर्णालीका नागरिक गाउँ फर्कनसक्ने सरकारी निकायको अनुमान छ ।
बाँकेको रुपैडियाबाट बिहीबारमात्र प्रदेशका २३६ नागरिक गाउँ जाने भन्दै प्रवेश गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्