
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ललितपुरको मेडिसिटी अस्पताल एपेन्डिक्सको शल्यक्रिया गरेकी छन् ।
सोमबार बिहान अभिनेत्री ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया भएको हो । आइतबार देखि उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन् ।
लाजिम्पाटमा व्यूटी पार्लर उद्घाटन गर्न कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी अस्पताल पुगेकी थिइन् । अहिले ढुंगानाको स्वास्थ्य अवस्था भने ठिक रहेको उनको पारिवारिक श्रोतले जनाएको छ ।गत असार २४ गते अभिनेत्री ढुंगानाले ज्योतिष हरीहर अधिकारीसँग विवाह गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्