
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले फाक्स विजनेशको एक अन्तर्वाता कार्यक्रममा बोल्दै कोरोना भाइरस महामारीको कारण आफू चीनसँग रिसाएको र सारा सम्बन्ध तोड्न सक्ने बताएका हुन् ।
‘म धेरै गर्न सक्छु चीनसँग सारा सम्बन्ध तोड्न पनि सक्छु’ उनले भनेका थिए । यदि यस्तो भयो भने के हुन्छ भन्दै ट्रम्पले आफैलाई प्रश्न गरेका थिए ।
जवाफमा उनले सारा सम्बन्ध तोडेमा ५ सय अरब डरल बच्ने बताए । ट्रम्पको इशारा दिपक्षीय व्यापारमा अमेरिकालाई पर्ने घाटाको विषयमा थियो ।
पछिल्लो समय अमेरिकाले भाइरसका कारण आफ्नो देशमा भएको क्षतिका सम्बन्धमा चीनले क्षतिपुर्ति दिनुपर्ने दबाब दिइरहेको छ ।
चीनले महामारी छुपाउन कोसिस गरेको अमेरिकाको आरोप छ । तर चीनले भने यसलाई अस्विकार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्