
एजेन्सी । प्रिमियर लिग क्लबले सम्झौता सकिएका खेलाडीको सम्झौता सिजनको अन्त्यसम्मका लागि थप्ने भएको छ ।
प्रिमियर लिग क्लबले छोटो समयका लागि अनुबन्ध भएका खेलाडीको सम्झौता जुन ३० सम्म थप्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण लिग नसकिएपछि क्लबले खेलाडीको सम्झौता थप्ने भएको हो । कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ ।
स्थगित प्रिमियर लिग पूनः शुरु गर्ने मिति भने अझै तय भएको छैन । कोरोना महामारीको कारण बेलायतमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्