१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो


0
Shares

काठमाडौं, जेठ १ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

एकपछि अर्को गर्दै संक्रमा थपिन थालेपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ । अन्तर जिल्ला जान पाउने गरी वितरण गरिएका सवारी पास रद्द गरेको सरकारले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रैका अनुमतिपत्र पनि रद्द गरेको छ ।