१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


पत्रकारलाई कोरोना बीमा


0
Shares

भैरहवा, जेष्ठ १ । लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ ।

अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको बिहीबार बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिए ।

उनका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको  बीमा गरिएको छ ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीम कम्पनीले रु. एक लाख  दिने क्लबका महासचिब सम्झना शर्माले बताए ।

कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने  कम्पनीका भैरहवा शाखा प्रमुख  प्रकाश शर्माले जानकारी दिए ।

सीमाक्षेत्रमा पत्रकारिता गर्ने धेरै पत्रकार सदस्य रहेको क्लबको सो कार्यले पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थपिएको क्लबका सदस्य पशुपति यादवले बताए ।

पत्रकारका लागि पहिलो चरणको  राहत सहयोग वितरण गरिसकिएको र तिनको सुरक्षाका लागि थप काम गर्दै जाने क्लबका उपाध्यक्ष नरेश केसीले बताए । रासस