३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सरकारले नयाँ उद्योग खोल्नेलाई ५ देखी ५० लाखसम्म अनुदान दिने


0
Shares

काठमाडौं, जेष्ठ १ । सरकारले नयाँ उद्योग खोल्न चाहने नवप्रवर्तकलाई ५ देखी ५० लाख सम्म रुपैयाँ अनुदान लिनका लागी प्रस्ताव पेस गर्न आवह्वान गरेको छ ।

राष्ट्रिय योजना आयोगले सुचना जारी गर्दै नविनतम सोच भएका र मापदण्ड पुरा गरेका स्टार्टअपरलाई आफुले गर्न चाहेको उद्यम, त्यसको प्रभाव, सम्भावित प्रतिफल सहित ३० दिन भित्र अनलाईन आवेदन दिन आवह्वान गरेको हो ।

नवप्रवर्तन सुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड २०७७ अनुसार नयाँ उद्योग वा व्यवसाय सञ्चालन गर्न सक्नेलाई बिना धितो लगानीको ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ । नविनतम ज्ञान, सिप र क्षमता भएका उद्यमी व्यवसायीले कृषी, ऊर्जा, स्वास्थ्य, उद्योग क्षेत्रमा काम गरिरहेका स्टार्टअपरले प्रस्ताव पेस गर्न सक्नेछन् ।

उनिहरुले न्युनतम १० लाख देखी १ करोड सम्मको लागी प्रस्ताव पेस गर्न सक्ने र सोको ५० प्रतिशत सम्म अनुदान राष्ट्रिय योजना आयोगले उपलब्ध गराउने जनाएको छ ।

आयोगले ३ किस्तामा रकम उपलब्ध गराउने छ । ऋणको प्रत्येक चौमासीक अवधीमा आफुले गरेको कामकारबाहीको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

यस कार्यविधिमा गरिएको व्यवस्था अनुसार नवप्रवर्तकलाई ऋण दिने व्यवस्था उपयुक्त भएपनि कार्यान्वयन जटिल भएकोले कार्यान्वयन पक्ष बलियो बनाउनुपर्नेमा जोड दिए पुर्व अर्थ सचिव रामेश्वर खनाल नवीनतम उद्यमले समाजमा विद्यमान समस्या हल गर्न मात्रै नभई सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि पनि ठूलो भूमिका खेल्न सक्छन् ।

यसैले सरकारले यी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बुढाउन विज्ञहरुले सुझाएका छन् ।