Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


दाङका २५ जना पत्रकारको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’


0
Shares

तुलसीपुर, जेष्ठ १ । दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । तिनले बिहीबार अपराह्न आमाको दूध खाएका छन् ।

उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ । यस्तै दाङका २५ पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको कायममुकायम कैलाश देवले बताए । रासस