कंगनाले मानहानि मुद्दामा बहिनी रंगोलीको बयान लिन अदालतसमक्ष आग्रह गरिन् « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


कंगनाले मानहानि मुद्दामा बहिनी रंगोलीको बयान लिन अदालतसमक्ष आग्रह गरिन्


1.742k
Shares

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले गीतकार जावेद अख्तरले दायर गरेको मानहानि मुद्दामा बहिनी रंगोली चन्देलको बयान लिन मुम्बईको एक अदालतलाई आग्रह गरेकी छिन् ।

शुक्रबार महानगरीय मजिस्ट्रेट आर.के. आर. खानसमक्ष उनका वकिल रिजवान सिद्दीकी मार्फत निवेदन दायर गरेकी हुन् । अदालतले आगामी अगस्ट ११ का लागि मुद्दा तोकेको छ । गत महिना कंगना रनौतले मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा हाजिर भई आफू निर्दोष भएको दाबी गरिन् ।

सन् २०२० मा कंगनाले जावेदबिरूद्ध विवादास्पद बयान दिएकी थिइन् । त्यसपछि जावेदले कंगनाले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाए । यसपछि जावेदले कंगनाविरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए । त्यसपछि अंधेरीको मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा सुनुवाइ सुरू भयो।

२०२० मा सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि कंगनाले बलिउडको ‘ग्रुप’को बारेमा कुरा गर्दा उनको नाम लिएको जावेद अख्तरले दाबी गरे । तर, कंगनाले जावेद अख्तरविरुद्ध पनि निवेदन दिएकी छिन् । जसमा कंगनाले जावेद अख्तर विरुद्ध जबरजस्ती रकम असुल्ने, गोपनीयता भंग गर्ने जस्ता धेरै गम्भीर आरोप लगाएकी थिइन् ।

यससँगै मानहानीको मुद्दालाई अर्को अदालतमा सार्न पनि अपिल गरिएको छ । उनले यस मुद्दाको सुनुवाइमा न्यायाधिश निष्पक्ष नभएको बताइन् ।