
काठमाडौं, जेठ १ । अर्थविद्हरुले आगामी बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बिहीबारको बैठकमा भएको छलफलमा अर्थविद्ले अत्यावश्यकबाहेकका क्षेत्रको खर्च कटौती गरी रोजगारी र उत्पादनशील क्षेत्रमा लगानी बढाउन सुझाव दिएका हुन् ।
छलफलमा अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रलाई चलायमान बनाउन खर्चमा आधारित बजेट प्रणालीलाई नतिजामा आधारित बनाउनुपर्ने तथा विभिन्न प्रकारका बोर्डहरु खारेज गरी खर्च कम बनाउनुपर्ने बताए ।
अर्थविद् डा. शंकर शर्माले २५ लाख बढीले रोजगारी गुमाएका कारण आगामी वर्ष रोजगारी सिर्जना गर्ने बजेटमा जोड दिनुपर्ने बताए ।
उनले रोजगारीको मुख्य आधार भएकोले सरकारले कृषि क्षेत्रमा रोजगारी बढाउनका लागि व्यावसायिक र आधुनिकीकरण गरी भूमि बैंकको अवधारणाको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
डा. शर्माले पुनर्कर्जा प्रक्रिया सहज बनाइ साधारण खर्च घटाइ बजेट कार्यान्वयनमुखी बनाउन सुझाव दिए ।
अर्का अर्थविद् चन्द्रमणि अधिकारीले रोजगारी सिर्जना गर्न कृषिलाई व्यवसायीकरण गर्नुको विकल्प नरेहेको बताए ।
प्रतिक्रिया दिनुहोस्