२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न ब्रुनाई दारुस्सलमको प्रस्ताव


429
Shares

काठमाडौं । एसियाली राष्ट्र ब्रुनाई दारुस्सलमले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालसँग प्रस्ताव गरेको छ ।

ब्रुनाईले आफ्नो नयाँ रंगशालाको उद्घाटनको अवसरमा नेपाल र लाओसलाई आमन्त्रण गर्दै त्रिपक्षीय फुटबल सिरिज आयोजना गर्न प्रस्ताव पठाएको हो । एक साताअघि नै प्रस्ताव आएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालसम्म यसबारे कुनै अधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।

फिफा मितिमा हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलका लागि नेपाललाई गत साता नै ब्रुनाईले प्रस्ताव गरेको बताइएको छ । प्रस्ताव अनुसार असोज ५ गते लाओस र नेपालको खेल, असोज ८ गते ब्रुनाई र नेपाल तथा असोज ११ गते ब्रुनाई र लाओसको खेल गर्ने तालिका प्रस्ताव गरिएको छ ।

आयोजक राष्ट्र ब्रुनाईले स्थानीय बसोबास, खानपिन र आवतजावत सम्पूर्ण खर्च बेहोर्ने बताएको छ । अन्तर्राष्ट्रिय हवाई यात्राबारे भने प्रस्तावमा केही उल्लेख छैन् ।