
एजेन्सी । पाकिस्तान क्रिकेट टिमले अजहर अलि र बाबर आजमलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हिजो अलि र आजमलाई टिमको कप्तानी चयन गरेको हो ।
पीसीबीले अलिलाई टेष्ट र आजमलाई एकदिवसीय र टी–ट्वान्टी कप्तानको जिम्मेवारी दिएको हो ।
यस्तै पीसीबीले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको नाम समेत सार्वजनिक गरेको छ ।
सन् २०२०-२१ का लागि पीसीबीले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा दुई नयाँ खेलाडी अटाएका छन् ।
निसम शाह र इफ्तिकर अहमेद पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।
सार्वजनिक गरिएको सूचीको ए श्रेणीमा ३ खेलाडी परेका छन् । दुई कप्तान अलि र आजमसहित सहिन शाह अफ्रिदी ए श्रेणीमा रहेका छन् ।
महिलाको सेन्ट्रल कन्ट्रयाक्ट भने पछि सार्वजनिक गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्