१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना


0
Shares

कोहलपुर, बैशाख ३१ । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ ।

भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ ।

एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उहाँका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार  थिए ।

दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रासस