काठमाडौं, साउन ३१ । नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली २०७५ सार्वजानिक गर्ने तयारी गरेको छ ।
बोर्डले बिहीबार राजधानीमा कार्यक्रम गरी प्रस्तावित नियमालीका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले विकासका लागि वैकल्पिक लगानी अपरिहार्य भएकाले विदेशी लगानीसमेत नेपालमा भित्र्याउन र स्वदेशी लगानी प्रवद्र्धन गर्ने उद्देश्यकासाथ नियमावली ल्याउने तयारी गरेको बताए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले पुँजीको पर्याप्तताका लागि सरकारले त्यस्तो कोष स्थापनाको तयारी गरेको बताए ।
कार्यक्रममा सहभागीहरुले वैकल्पिक लगानी कोषको आवाश्यकतामाथि जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्