काठमाडौं, बैशाख ३१ । भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक नजिक बुधबारबाट सशस्त्र प्रहरीको टोली खटाईने भएको छ ।
दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ९ जनाको टोली छाङरु जांदैछ । यस्तै दार्चुलाकै सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरू लगिँदै छ ।
छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १२ किलोमिटर वर पर्दछ ।
बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पु¥याउनेछ ।
त्यसका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली सेनाको हेलिकोप्टरमार्फत दार्चुला गएको छ ।
सो हेलिकोप्टर दार्चुलाबाट प्रहरी निरीक्षकसहितको टोलीलाई लिएर आजै छाङरू पुग्नेछ ।
छाङरूसम्म पुग्ने सडक बाटो नभएकाले सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोलीलाई लैजान लागिएको हो ।







प्रतिक्रिया दिनुहोस्