विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन आह्वानको तयारी भइरहेको छ ।
तर प्रदेश सभा बैठक हुने हल सानो भएकाले सामाजिक दुरी कायम गरेर अहिलेकै प्रदेशसभा हलमा बैठक सुरु गर्न समस्या देखिएको हो ।
एकातर्फ प्रदेश सभा हल सांगुरो र अर्को तर्फ जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने दबाबमा प्रदेश सभा सचिबालय रहेको छ ।
जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने भएकाले १३ गते भित्र अधिवेशन आव्हान गर्ने तयारीमा प्रदेश सभा सचिवालय रहेको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।
बैठक बस्दै आएको हल सानो भएका कारण कसरी सामाजिक दुरी कायम गर्दै बैठक संचालन गर्ने भन्ने समस्या उत्पन्न भएको हो ।
अन्यत्र बैठक गर्दापनि प्रदेशसभा सचिवालको प्रशासनिक सम्यन्त्र, सभामुख, उपसभामुख, मुख्यमन्त्री प्रमुख विपक्षी दलका नेता आदिको कार्यालय व्यवस्थापन लगायत समस्या हुने देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्