Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


५० लाखको चिनी भन्सारमा खेर जार्दै


286
Shares

नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयमा रहेको करिब ५० लाख बराबरको चिनी खेर जाने अवस्थामा पुगेको छ ।

नियन्त्रणमा लिएको ६ सय ९४ क्विण्टल चिनी लिलाम हुन नसक्दा खेर जाने भएको हो ।

चिनीको मूल्य ४८ लाख बराबरको रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो । चिनी भारतबाट तस्करी गरी ल्याइएको अवस्थामा भन्सार र प्रहरीको टोलीले नवलपुर र पश्चिम नवलपरासीबाट बरामद गरेको हो ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य नियमावली २०२७ ले तोके अनुसारको बोरामा खुलाउनु पर्ने विवरण नखुलाइएकाले चिनीको परीक्षण गर्न आवश्यक नरहेको भन्दै भन्सार कार्यालयमा पत्र पठाएपछि चिनी लिलाम हुन भन्सार कार्यालयले जनाएको छ । तस्करी गरी ल्याइएकाले बोरा मापदण्डअनुसार नहुने भन्सार कार्यालयको भनाई छ । कानूनी झण्झटले गर्दा चिनी लिलाम हुन नसके भन्सारमै सड्ने देखिएको छ ।

Skip This