३० असार २०८२, सोमबार | Mon Jul 14 2025


श्रीलंकामा हुने महिला विश्वकप क्रिकेटको छनौट प्रतियोगिता रद्द


0
Shares

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ ।

यही जुलाई महिनाको लागि तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो जनाएको हो ।

सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने महिला विश्वकप क्रिकेटको छनोट खेल जुलाई ३ देखि १९ सम्म श्रीलंकामा हुने तालिका थियो ।

आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावे सहभागि हुने उक्त छनोटबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यस्तै आईसीसीले यूथ १९ विश्वकपका लागि युरोपियन छनोट समेत स्थगित गरिएको जनाएको छ ।

सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट प्रतियोगिता यही जुलाई २४ देखि ३० सम्म डेनमार्कमा हुने तय थियो ।