३० असार २०८२, सोमबार | Mon Jul 14 2025


रेलीगेशनमा पारिएको फ्रेन्च क्लबले कानुनी उपचार खोज्ने, अन्यायमा परेको जिकिर


0
Shares

एजेन्सी । फ्रेन्च लिग वान फुटबलबाट रेलिगेशनमा परेको एमिएन्स फुटबल क्लबले रेलिगेशनविरुद्ध कानूनी उपचारको बाटो रोजेको छ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटकाबीच बाँकी खेल पूरा नगरी लिग वानको यो सिजन टुंगिएको घोषणा गरिएको थियो ।

सो क्रममा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) लिग विजेता बन्यो । एमिएन्स र टुलुज रेलिगेशनमा परे ।

१९ औँ स्थानको एमिएन्स १८ औँ स्थानको निमेस भन्दा चार अंकले पछि थियो र पुछारको टुलुज भन्दा १० अंकले अघि थियो ।

उसले अझै १० खेल खेल्न बाँकी थियो । यस्तोमा आफूलाई रेलिगेशनमा पार्नु अन्याय भएको भन्दै एमिएन्सले कानूनी उपचार खोज्न थालेको हो ।