३० असार २०८२, सोमबार | Mon Jul 14 2025


फिफा यू–१७ महिला विश्वकप फुटबल प्रतियोगिता सारियो


0
Shares

काठमाडौं । भारतमा यही नोभेम्बरमा हुने तय भएको १७ वर्षमुनिको महिला विश्वकप फुटबल सारिएको छ ।

कोरोना भाईरसको महामारीको कारण यो प्रतियोगिता अर्को वर्षका लागि सारिएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यूथ १७ महिला विश्वकप फुटबल सन् २०२१ को फेब्रअरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ ।

यसअघि प्रतियोगिता यही नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो ।

यस्तै फिफाले यूथ २० महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ ।

कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेब्रुअरीसम्म हुनेछ ।

यस अघि यो प्रतियोगिता यही अगष्ट र सेप्टेम्बरका लागि तय थियो । 

फिफाले लिथुआनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तय गरेको छ ।

यो प्रतियोगिता सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुनेछ ।