१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दोलखामा भूकम्प, काठमाडौंसहितका क्षेत्रमा धक्का महशूस


0
Shares

काठमाठौं, बैशाख ३१ । काठमाडौं लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशूस भएको छ ।

रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशूस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर गएको हो ।

भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।