काठमाडौं, साउन ३१ । रानीपोखरी र बीचमा रहेको मन्दिरको पुनःनिर्माण प्रताप मल्लकालीन शैलीमा नै हुनुपर्नेमा रानीपोखरी सम्पदा बचाउ अभियानले माग गरेको छ ।
बिहीबार पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई भेटेर पुरातात्विक महत्व र जनभावनाविपरीत रानीपोखरीको पुनःनिर्माण गर्ने चलखेल भइरहेको भन्दै मल्लकालीन शैलीमा नै पुनःनिर्माण हुनुपर्ने माग गरिएको हो ।
सो अवसरमा महानिर्देशक दाहालले रानीपोखरीको पुनःनिर्माण नेपाली सेनालाई दिने कुरा मौखिक कुराकानीमात्रै भएको बताए ।
अभियानले प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौं महानगरपालिका र काठमाडौं प्रहरी परिसरकोसमेत ध्यानाकर्षण गराएको छ ।









प्रतिक्रिया दिनुहोस्