Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


राप्रपाले आज देशभर थाल ठटाउने


1.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको आन्दोलनको घोषित कार्यक्रम आज बुधबारबाट सुरू हुँदैछ ।

कार्यक्रमअनुसार बुधबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्दैछ ।

भान्सा महंगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान आवाज सुनाउन, जनताको समस्यामा गम्भीर बन्न बनाउन राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रुपमा ‘थाल ठटाउने’ कार्यक्रम आयोजना गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।