
बागलुङ, बैशाख ३० । पर्सामा मंगलबार कोरोना पुष्टि भएका ३९ मध्ये १४ जना बाग्लुङ गलकोटबाट गएको पाईएको छ ।
उनीहरु सबैजना गलकोटमा मजदुरी गर्ने गर्थे ।
ति मजदुरहरुलाई गलकोट नगरपालिकाले गत बैशाख ११ गते दुई वटा गाडीको व्यवस्थापन गरेर पर्सा पठाएको गलकोट नगरपालिकाका प्रवक्ता हेमबहादुर भण्डारीले जानकारी दिए ।
उनीहरु फर्निचर उद्योग, घर बनाउने काम गर्दै आएका थिए । उनीहरु हटिया बजार क्षेत्रमा काम गर्दै आएको भण्डारीले बताए ।
मजदुरहरुले दैनिकी चलाउन समस्या भएको गुनासो गरेपछि नगरपालिकाले गृह जिल्ला पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्