५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सत्ता पक्षका सबै सांसदको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखियो : सांसद चौधरी


1.768k
Shares

काठमाडौं । सांसद गंगा चौधरीले नागरिकता विधेक पास गर्ने सत्तापक्षका सबै सांसदहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको बताउनुभयो ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चौधरीले सत्ता पक्षका सांसदहरुलाई लेण्डुप दोर्जेको संज्ञा दिनुभयो । चौधरीले भारतमा इन्दिरा गान्धीले सिकिम भारतसँग विलय नहुँदा समेत लेण्डुप दोर्जेलाई रातो कार्पेटमा स्वागत गर्ने गरेको भन्दै अहिले नेपालका नेतालाई डिल्लीले रातो कार्पेटमा स्वागत गरिरहेको बताउनुभयो ।

सांसद चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसको भन्दै सरकारले हत्यारा पतालगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग गर्नुभयो ।