
फाइल तस्बिर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहि साउन २१ गते जापान भ्रमणमा जान लाग्नुभएको छ ।
अध्यक्ष प्रचण्डसँग स्वकीय सचिव रमेश मल्ल र कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहाल जापान भ्रमणमा जाने भएका हुन् । जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उहाँ साउन २१ गते जान लाग्नुभएको अध्यक्ष प्रचण्डकाे निजी सचिवालयले बताएकाे छ ।
नेपाल-जापान सरकारबीचको दौत्य सम्बन्ध प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्न उहाँ जापान भ्रमणमा जान लाग्नुभएको सचिवालयले जनाएकाे छ ।
जापान जानुअघि नै मञ्चलगायत कार्यक्रमकाे बारेमा सार्वजनिक हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्