२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


बैतडी अस्पताल डाक्टर विहिन


0
Shares

बैतडी, बैशाख ३० । कोरोनाको उपचारमा सहयोग पुर्याउनका लागि संघीय सरकारले बैतडीमा पठाएका ३ जना डाक्टर २२ दिनपछि फिर्ता भएका छन् ।

संघीय सरकारले वैशाख ७ गते तीन जना डाक्टर बैतडी पठाएको थियो ।

इन्टरनल मेडिसिन डाक्टर विकास सहनी र डा. डिभान्स शाह तथा अर्थोपेडिक डाक्टर प्रकाश दर्जी बैतडीबाट फिर्ता भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाको संक्रमण देखा परेपछि संघीय सरकारले बैतडीमा डाक्टर पठाएको थियो ।

जिल्ला अस्पताल बैतडीमा ३ जना डाक्टरको दरबन्दी भएपनि अहिले दरबन्दीका एकजना पनि कार्यरत छैनन् ।