३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


सुर्खेतमा अवैध सुर्ती बरामद


91
Shares

सुर्खेत । सुर्खेत प्रहरीले अवैध रूपमा ल्याइएको भारतीय ‘सुपरपावर’ सुर्ती बरामद गरेको छ ।

मंगलबार विहान वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनास्थित प्रहरी चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख २८५४ नम्बरको फोर्स गाडीमा जाँच गर्दा बिल नभएको एक बोरा (२७ पोका) बेवारिसे भारतीय ‘सुपरपावर’ सुर्ती नियन्त्रणमा लिइएको प्रहरी चौकी सुब्बाकुना सुर्खेतले जनाएको छ ।

बरामद सुर्तीको थप अनुसन्धान थालिएको छ भने नियन्त्रणमा लिएका गाडी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।