
काठमाडौं, बैशाख ३० । सरकारले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ गते चार बजे नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न तथा दुबै सदनलाई संबोधन गर्नका लागि राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
संसदको दुबै सदनमा अहिले पूर्व बजेट छलफल चलिरहेको छ । नीति तथा कार्यक्रममाथिको छलफल सकाएर सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछ । प्रत्येक जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्