३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कोरोनाका कारण विश्वभर दुई लाख ८७ हजार बढीको मृत्यु


0
Shares

जेनेभा, वैशाख ३० । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ ।

विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिब ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३२ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतार–चढाव यथावत् छ । पछिल्लो २४ घन्टामा अमेरिकामा एक हजारको ज्यान गएको छ । जबकि, अघिल्लो दिन यहाँ ७५० जनाको मृत्यु भएको थियो ।

योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ८१ हजार ७९५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।

विगत २४ घन्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको ‘इपिसेन्टर’का रुपमा देखिएको ब्राजिलमा ११ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कुल संक्रमित निको भएका कुल मृत्यु 

  विश्वभर     ४२,६९,६८४   १५,३४,०१३    २,८७,५२९

१. युरोप       १६,६४,५८८   ६,७६,३७९      १,५४,०८१

२. उत्तर अमेरिका १५,२०,१३४ ३,२९,२१२   ९१,३६९

३. एसिया        ६,८७,००९   ३,८३,१८४      २२,५४३

४. दक्षिण अमेरिका ३,२०,८४३  १,१२,८६७    १७,०४८

५. अफ्रिका      ६७,७७८         २३,९८९      २,३५५

६. ओसेनिया(अस्ट्रेलिया) ८,५७१ ७,७०७      ११८

दक्षिण एसियाली मुलुकहरु

१. भारत        ७०,८२७      २२,५४९       २,२९४

२. पाकिस्तान  ३२,०८१       ८,५५५         ७०६

३. बंगलादेश    १५,६९१       २,९०२         २३९

४. अफगानिस्तान ४,६८७       ५५८          १२२

५. श्रीलंका      ८६९             ३४३              ९

६. माल्दिभ्स    ८९७             २९               ३

७. नेपाल        १९१              ३३              –

८. भुटान        ११                ५               –

रासस/एएफपी