Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपाल यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलबाट बाहिरियो


0
Shares

काठमाडौं, साउन ३१ । नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

भुटानको थिम्पुमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बिहीबार भारतसँग २–१ ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

भारतको जितमा लिन्डा कोम र क्रितिना देवीले १–१ गोल गरे ।

नेपालका लागि रजनी थोकरले एक सान्त्वना गोल गरिन् ।

समूह चरणमा नेपालले पाकिस्तानलाई ४–० ले हराएको थियो भने बंगलादेशसँग ३–० ले पराजित भएको थियो ।