Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


राष्ट्र बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीति संकुचित: नेपाल चेम्बर अफ कमर्स


65
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई संकुचित भनेको छ ।

मौद्रिक नीतिले मुलुकमा आर्थिक गतिविधि घटाउने जिकीर पनि चेम्बरले गरेको हाे। उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीति ल्याउनुपर्नेमा त्यसको विपरित राष्ट्र बैंकले आर्थिक गतिविधि प्रतिकूल हुने गरी संकुचित नीति ल्याएको चेम्बर अफ कमर्सले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

अनिवार्य नगद अनुुपात ३ बाट ४ प्रतिशत पुर्याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य १२ प्रतिशतमा झार्नुले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने बजेटको लक्ष्य प्राप्त नहुने चेम्बरको ठहर छ ।

आर्थिक गतिविधि सुस्त हुँदा रोजगारीमा समेत असर गर्ने र आपूर्ति प्रणालीमा समेत अवरोध आएर मूल्य वृद्धि अझै बढ्ने दावी पनि चेम्बरको गरेकाे छ ।

Skip This