३० असार २०८२, सोमबार | Mon Jul 14 2025


विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८६ हजार नाघ्यो


0
Shares

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण २ लाख ८६ हजार ९ सय बढीको मृत्यु भएको छ ।

४२ लाख ५१ हजार संक्रमित मध्ये करिब १५ लाख २५ हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८१ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा २६ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या ३० हजार ७ सय नाघेको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या २६ हजार ४ सय नाघेको छ ।

जर्मनीमा ७ हजार ६ सय बढीको मृत्यु भएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

यस्तै रसियामा मृतकको संख्या २ हजार पुगेको छ । भारतमा पनि कोरोना संक्रमितमध्ये २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ । (एजेन्सी)